कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनावाइ, अब आदेशको प्रतिक्षा

काठमाडौँ, चैत् २१ गते । 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको सुनवाइ सकिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिटको सुनवाइ सकिएको हो ।

मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएको छ ।

पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई मंगलबार भने विशेष प्राथमिकताका साथ सुनुवाई गरिएको छ । अब के आदेश आउने हो रु भन्ने बारेमा प्रतिक्षाको घडी सुरू भएको छ। न्युज कारखाना

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको