रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै

बुटवल, चैत २२ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आदेश आउने भएको छ ।

छविलाल जोशीसहित ल्ला अदालत, रुपन्देहीको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनमा आज आदेश आउने भएको हो।

उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका हुन्।

सो सहकारीको ठगीमा आफु संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधरण तारेखको माग गरिरहेका छन ।

उता जिल्ला सरकारी वकिल कार्यालयले भने लामिछानेलाई थुनामै राख्न माग गरेर पनि उच्चमा गएको थियो।

उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ। न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको