मधेश प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

पब्लिक सन्देश 
गौशाला, चैत २६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको जानकारी दिए ।

प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको