कांग्रेस सांसद माया राई तीन दिनसम्म थुनामा रहने

काठमाडौं, वैशाख १४ गते ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।

सहकारी हिनामिनाको अभियोगमा हिजो कपनवाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म  हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराईसकेको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको