काठमाडौँ, वैशाख १४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वीको प्रत्यक्षस्वरुपका रूपमा भएकाले आमाप्रति सबैको समर्पण र कृतज्ञता प्रगाढ हुनुपर्ने धारणा राखिएको छ ।
आज मातातीर्थ औंँसीका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भनेर शुभकामना दिएको हो ।
प्रधानमन्त्री ओलीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा सबै आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्नुुभएको छ । प्रधानमन्त्री ओलीले आफूले चार वर्षको उमेरमा आमा गुमाउनु परेकाले आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गरिएको छ ।
“मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बने,” प्रधानमन्त्री ओलीले लेखिएको छ, “आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झना आइरहेछ ।”








