सर्लाहीमा महिलाको हत्या, जेठाजु पक्राउ

पब्लिक सन्देश 
गौशाला, वैशाख १४ गते ।

सर्लाहीमा एक जना महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन् ।

बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती रेनु देवीमाथि आइतबार बिहान करिब १० बजेतिर ४० वर्षीय जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

डीएसपी राईका अनुसार हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण रनु देवीको घटनास्थलमै मृत्यु भएको हो ।

साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको