कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं, वैशाख २० गते ।

सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । शनिबार (वैशाख २०) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बसेको हो ।

बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरिनेछ । शुक्रबार (वैशाख १९) संघीय संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पार्टीको धारणा कस्तो हुने भन्ने दलको बैठकबाट तय गर्ने तयारी छ ।

आउँदो सोमबारदेखि संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको