प्रतिनिधिसभामा बजेट टेबुल

काठमाडौँ, जेठ १५ गते ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गरिएको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको थियो । सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिए ।

उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आ¬–आफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उनले आग्रह गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको