नेपालले आज दोस्रो खेल नेदरल्याण्डसँग खेल्दै

काठमाडौं, जेठ २१ गते ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ ।

यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो ।

जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।

आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको