प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

काठमाडौँ, जेठ २५ गते ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को २४आँै राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशन आगामी तीनदिनसम्म जारी रहनेछ ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयामा एकजुट हुनुपर्नेमा जोड दिए ।

अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरुको सङ्गठनले प्रतिवाद गर्नुपर्छ भने । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको