मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, असार २ गते ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

शर्माले भने, “बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।” वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको थियो । हाल उनिलाई वार्डमा सारिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको