आज विश्व योग दिवस मनाइँदै

काठमाडौं, असार ७ गते ।

आज विश्व योग दिवस । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने नाराका साथ नेपालमा पनि योग दिवस मनाइँदैछ।

योग अभ्यासले मनको शान्ति, आत्म नियन्त्रण, चित्त शुद्धीकरण र आध्यात्मिकतामा ध्यान केन्द्रित गर्दै मानवमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ ।

योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्न सक्छ–शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रूपमा बुझिन्छ ।

विश्व योग दिवसको अवसरमा आज राजधानीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ तारिखलाई विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको