एमालेको केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने

काठमाडौं, असार ११ गते ।

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको बैठक अघि साउन २ गते पोलिटव्युरो बैठक बस्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठक अघि जानकारी दिए ।

उनले दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको जानकारी दिदै विधान महाधिवेशनमा तीन वटा दस्ताबेज प्रस्तुत हुने जानकारी दिए ।

उनले भने– ‘विधान महाधिवेशनमा तीन वटा दस्ताबेज प्रस्तुत हुनेछ । राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष, विधान प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुहुनेछ ।’ एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको