इरानबाट थप चार नेपालीको उद्धार

काठमाडौँ, असार ११ गते ।

इरानबाट थप चार नेपालीको उद्धार भएको छ ।

दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट चार जना नेपाली दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।

यसअघि भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको