विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा

काठमाडौँ, असार ११ गते ।

नेकपा एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिएका छन् ।

दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए ।

पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको