संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ, असार १४ गते ।

आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ११ बजेबस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको