काठमाडौं, असाुर १४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसद् अवरुद्ध गर्ने भएको छ। शनिबार बिहान बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सांसद हरि ढकालले जानकारी दिएका छन् ।
आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको भएपनि रास्वपाले आफ्नो विरोध जारी राख्ने निर्णय गरेको छ ।
सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपनि त्यस समितिलाई रास्वपाले अस्वीकार गरेको छ । एभरेष्ट न्यूज एजेन्सी








