सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको नाम अनुमोदन

काठमाडौँ, असार २३ गते ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ ।

समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनिहरूको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो । त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको