पहिरोमा बेपत्ता बालकको शव भेटियो

म्याग्दी, असार २६ गते ।

म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ ।

घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधी र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।

उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो । घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको