रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

काठमाडौँ, असार २७ गते ।

रसुवा भएर बग्ने लेन्दे खोलामा यही असार २४ गते आएको बाढीले क्षतिग्रत बनाएको सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ।

बाढीले सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोज, उद्धार तथा अवरुद्ध सडक खण्ड मर्मत कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

आज पनि बिहानैदेखि नेपाली सेनाको टोली अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसहित रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत तथा टिमुरे इलाकामा खटिएका छन्।

रसुवासँगै नुवाकोट, धादिङ र चितवनको विभिन्न स्थानमा पनि सेना खोज, उद्धार तथा सडक निर्माणमा सक्रिय छ।

हालसम्म रसुवाको लिङलिङ र रुङ्गापुल इलाकामा बाटोमा झरेको पहिरो हटाउने तथा वैकल्पिक बाटो तयार गर्ने काम भएको सेनाले जनाएको छ।

त्यसैगरि नुवाकोट जिल्ला स्थित त्रिशूली नदीले कटान गरेको स्थानहरूमा पनि ग्याविन जाली लगाउने काम सेनाले गरिरहेको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको