भिरबाट लडेर युवकको मृत्यु

जुम्ला, असार २८ गते ।

भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।

उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो । अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको