सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

पब्लिक सन्देशे 
गौशाला, असार ३२ गते ।

सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्व खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थिए ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको