प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

महोत्तरी, असार ३२ गते ।

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो ।

उनका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उहाँको अन्तिम संस्कार गरिने जनाइएको छ ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको