करेन्ट लागेर एक जना वृद्धा महिलाको मृत्यु

सप्तरी, साउन ३ गते ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ ।

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको