बसको ठक्करबाट वृद्धाको मृत्यु

भक्तपुर, साउन ६ गते ।

बसको ठक्करबाट आज यहाँ पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा।५ख। ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएको थियो । उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताए ।

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको