पब्लिक सन्देश
गौशाला, साउन ९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा दुईवटा महत्वपूर्ण पूर्वाधार आयोजनाको समुद्घाटन गर्न आउने भएको छ ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले शुक्रवार बिहान ११ बजे मटिहानी नगरपालिका–८ स्थित नवनिर्मित बिग्ही नदीमाथिको पुलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, शुक्रवार बिहान ११ः३० बजे मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको औपचारिक उद्घाटन प्रधानमन्त्री ओलीले गर्नु हुनेछ ।
मटिहानीको विकासका लागि यस्ता पूर्वाधार परियोजनाहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख मण्डलले प्रधानमन्त्रीको आगमनले नगरमा थप योजना कार्यान्वयनमा प्रेरणा दिने बताए ।
यता, प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिकाले तयारी पुरा गरेको छ । कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रधानमन्त्री मटिहानी आउने भएपछि स्थानीय बासिन्दामा उत्साहित भएका छन् ।
यस्तै, महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।








