पब्लिक सन्देश
गौशाला, साउन ९ गते ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं.८ मा अवस्थित विग्ही नदिमा निर्माण गरिएको पुलको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५० मीटर लम्बाई रहेको उक्त पुलको समुद्घाटन गरिएको हो ।
संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रालयको ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँको बजेट खर्चमा पुल निर्माण गरिएको मटिहानी नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।
उनका अनुसार उक्त पुल निर्माणका लागि मन्त्रालयले ९ करोड ५४ लाख ५६ हजार १८ रुपैयाँ विनियोजन गरेकोमा कालिका कन्स्ट्रक्सन प्रा. लि. चितवनले ७ करोड ६७ लाख २६ हजार २०१ रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेका थिए ।






