नाग पोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

भक्तपुर, साउन १३ गते । 
भक्तपुरको नाग पोखरीमा नागको पूजा र दूधले अभिषेक गरिएको छ । भक्तपुर नगरपालिकास्थित पोखरीकोबीच भागमा नागको मूर्ति रहेको छ । यहाँ प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन अर्थात् नाग पञ्चमीका दिन मेला लाग्दै आएको छ ।
यसपटक पनि सोही नागमा पूजा गरी दूधले अभिषेक गरिएको हो । भक्तपुरवासीले यहाँको नागको पूजा गरी मेला भर्दै पञ्चमी मनाएका छन् ।
यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको