बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौँडा, साउन १४ गते ।

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएको छ । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरिएको थियो । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गनुभयो ।

निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो ।

तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन भएको थियो बानियाँले १६ मत प्राप्त गरिएको थियो । आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको