सर्लाहीको भरत तालमा युवतीको शव फेला

पब्लिक सन्देश 
गौशाला, साउन १४  गते ।

सर्लाहीको भरत तालमा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो बागमती नगरपालिकास्थित भरत तालमा अन्दाजी २२ वर्षीया युवतीको शव फेला परेको  सर्लाही प्रहरीले जनाएको छ । शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको देखिन्छन् ।

शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको