किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट

जनकपुरधाम, साउन १४ गते ।

सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।

नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी यसवर्ष पानीको अभावले किसानको खेतमा धान रोपाइँ नभएको तथा खाद्यान्न उत्पादन नभइ आर्थिक अभाव सिर्जना भएकाले राहतस्वरुप मालपोत राजस्वमा शतप्रतिशत छुटदिने निर्णय भएको जनाएको छ ।

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका तथा गोडैता नगरपालिकाले पनि चालु आवमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको