गाजाका लागि गानाको ऐक्यबद्धता : ४० मेट्रिक टन खाद्यान्न सहयोग

आक्रा, साउन १७ गते ।

गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय सङ्कटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरिएको छ ।

उक्त सामग्रीमा गानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति महामाले भने, “यस सहयोगमार्फत गानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।” उनले कोको गानाको एक महत्त्वपूर्ण प्राकृतिक स्रोत भएको र लाखौँ गानाली किसानहरूको आर्थिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकोसमेत उल्लेख गर्नुभयो ।

उहाँले गानाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घका प्रस्तावअनुसारको इजरायल र प्यालेस्टाइनबीचको वार्तामार्फत शान्तिपूर्ण सहमतिलाई पूर्ण समर्थन गर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा गानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति महामाप्रति र गानाली जनताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यो सहयोग गाजाका जनताको लागि निकै महत्त्वपूर्ण भएको बताए । रासस/सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको