‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक

काठमाडौं, असार २२ गते ।

यो वर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ ।

निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ । पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन् । सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ ।

पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन् । प्रकाश केही रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन् ।  यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती ९असोज १३० गतेबाट प्रदर्शनमा आउंदैछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको