तराई मधेस द्रुत मार्गको काम ४३ प्रतिशत मात्रै काम सम्पन्न

काठमाडौं, साउन २४ गते ।

काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको  छ ।

खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ ।

यस्तै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

२०७४ सालमा सुरू भएको सो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२.७३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको