एकै ठाउँमा सातवटा सवारी साधन ठोक्किँदा…

काठमाडौं, कार्तिक १ गते ।

सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते भएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहान ७ः१५ बजेको समयमा एकै पटक सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका हुन् ।

सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो र त्यसपछि रहेका सवारी साधन एक पछि दोस्रो गर्दै ठोक्किँएको उनले जानकारी दिए। यसबारे थप विवरण आउन बाँकी छ ।

सो घटनामा घाइते भएकाहरुको अहिले उद्धार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको