अभियानमार्फत ५६ लाखको राहत वितरण

झापा, कार्तिक १ गते ।

प्राकृतिक विपद् प्रभावितको सहयोगका लागि सञ्चालित ‘एकका लागि एक’ अभियानको आह्वानमा जुटेको रु ५६ लाखभन्दा बढी रकम बराबरको राहत वितरण गरिएको छ ।

असोज १९ र २० को अविरल वर्षापछि झापामा बाढी र इलाममा पहिरोबाट जनधनको व्यापक क्षति हुनुका साथै सयौँ परिवार विस्थापित भएका थिए । त्यसपछि ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो । अभियानका संयोजक महेन्द्र गिरीले बाढीपहिरो प्रभावितको सहयोगका लागि विभिन्न दाताबाट प्राप्त ५५ लाख ७० हजार ७५० नगद र अन्य जिन्सी सामग्री वितरण गरिएको बताए ।

“बाढीपहिराले व्यापक जनधनको क्षति पु(याएलगत्तै प्रभावित परिवारको सहयोगका लागि सहयोगको आह्वान गरेका थियौँ”, उनले भने, “विपद्का बेला सबै जुट्नुपर्छ भन्ने भावनाका साथ धमाधम दाताबाट रकम र सामग्री सङ्कलन भयो ।” सङ्कलित नगदबाट खाद्य सामग्री खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकायलगायतको समन्वयमा एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई राहत वितरण गरिएको छ ।

झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका बाढी प्रभावित परिवार र इलामका पहिरो प्रभावित परिवारलाई उक्त राहत सहयोग वितरण गरिएको संयोजक गिरीले बताए। कोरोना महामारीका बेला ‘एकका लागि एक’ अभियानले विपन्न तथा प्रभावित जनसमुदायलाई सहयोग पु(याएको थियो । त्यसपछि हरेक वर्ष प्राकृतिक विपद्मा परेका परिवारलाई अभियानले सहयोग सङ्कलन गरेर राहत जुटाउँदै आएको छ ।

नगदबाहेक दाताहरूले सात सय परिवारलाई पुग्ने गरी सरसफाइ सामग्री, पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेल्टर किट र दुई सय थान ब्ल्याङ्केट सहयोग गरेका थिए । ती सामानसमेत अभियानले प्रभावित परिवारलाई वितरण गरिसकेको छ । विपद् प्रभावित प्रत्येक परिवारलाई २५ किलोग्राम ९केजी० चामल, पाँच केजी आलु, दुई केजी नुन, दुई केजी दाल, एक लिटर खाना पकाउने, एक थान झुल, एक सेट त्रिपाल र एक थान ब्ल्याङ्केट वितरण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको