विद्या भण्डारीको घर जलाएको आरोपमा थेवे पक्राउ

काठमाडौं, कार्तिक ४ गते ।

जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरजलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन् ।

चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जनाएका छन् ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । नेपाल प्रेस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको