मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

काठमाडौँ, कार्तिक ११ गते ।

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो ।

अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको