जनकपुरधाम, कार्तिक १७ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएको छ ।
जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताए ।
विद्यापति स्मृति पर्वका अवसरमा सोमवार जनकपुरधाममा आयोजित समारोहमा विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गरे । सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।








