मण्डला थिएटरमा ‘मिलारेपा’ मञ्चन

काठमाडौँ, कार्तिक २१ गते ।

मण्डला थिएटरमा नाटक ‘मिलारेपा’ मङ्गलबारदेखि मञ्चन भइरहेको छ । चाङ ङयोन हेरुकद्वारा लिखित उक्त नाटकको नेपाली रुपान्तरण रविन तामाङले गरिएको हो भने परिकल्पना तथा निर्देशन कलाकार बुद्धि तामाङ र उमेश तामाङले गरिएको छ ।

नाटकको कथा बौद्ध धर्मका प्रसिद्ध गुरु महान् योगी तथा कवि, जेत्सुन् मिलारेपाको जीवनीबारे रहेको छ । तिब्बतको सिमानामा रहेको किरोङ क्षेत्रको क्याङ्त्सामा सन्, १०५२ मा जन्मिनुभएका गुरुको बाल्यकालका रोचक घटना, जीवन सङ्घर्ष र धर्म गुरु बन्ने क्रममा भोग्नु परेको उतारचढाव नाटकमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

नाटक सोमबारबाहेक मङ्सिर १९ गतेसम्म मञ्चन हुनेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको