सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, कार्तिक २६ गते ।

मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको