मधेसका ८ जिल्लामा प्रतिनिधिसभाका ३२ सिट, १०४८ जनाको उम्मेदवारी

जनकपुरधाम, माघ ७ गते ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा एक हजार ४८ जनाको उम्मेदवारी परेको छ।

मधेसका आठ जिल्लामा प्रतिनिधिसभाका ३२ सिट छ।

निर्वाचान आयोग कार्यालय मधेस प्रदेशका अनुसार धनुषामा सबैभन्दा बढी एकसय ५८ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरि महोत्तरीमा १४३, सर्लाहीमा १३९, सिरहामा १३९ र सप्तरीमा १०५ जनाको उम्मेदवारी दर्ता भएको छ।

पर्सामा १०९, बारामा ११२ र रौतहटमा १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश निर्वाचन अधिकृतको कार्यालय जकपुरधामले दिएको विवरण अनुसार सबैभन्दा धेरै उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ। यो क्षेत्रमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि धनुषा १ मा ४२, धनुषा ४ मा ३७ र धनुषा २ मा ३४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै महोत्तरी १ मा २७, २ मा ३७, ३ मा ४२ र ४ मा ३७ जनाले उम्मेदवारी दिएका छन्।

सर्लाही निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा २९, २ मा ३१, ३ मा ३४ र क्षेत्र नम्बर ४ मा ३९ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरि सप्तरी क्षेत्र नम्बर १ मा २२, २ मा ३४, ३ मा २२ र ४ मा २७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सिरहा क्षेत्र नम्बर १ मा ३२, २ मा २९, ३ मा ४१ र ४ मा ३७ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।

त्यसैगरि पर्सा क्षेत्र नम्बर १ मा ३०, २ मा ३२, ३ मा २३ र ४ मा २४ जनाले उम्मेदवारी दिएका छन्।

बारा क्षेत्र नम्बर १ मा २०, २ मा २९, ३ मा २४ र ४ मा ३९ जनाको उम्मेदवारी परेको छ। रौतहटको निर्वाचन क्षेत्र नम्बर १ मा ३९, क्षेत्र २ नम्बर मा २६, क्षेत्र नम्बर ३ मा ४१ र क्षेत्र नम्बर ४ मा ३७ जनाले उमेद्वारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको