हुम्लाका उच्च स्थानमा हिमपात र वर्षासँगै कृषक खुसी

हुम्ला, चैत २ गते ।

हुम्लाका उच्च स्थानमा हिमपात र वर्षासँगै कृषकहरू खुसी भएका छन् ।

उत्तरी नाम्खाका विभिन्न स्थान र सिमकोट गाउँपालिकामा हिमपात भएका छन् । त्यस्तै, दक्षिणी भेगमा वर्षा भएको छ । योसँगै कृषकहरूको मुहारमा खुसी छाएको हो ।

खेतीका लागि पानी कुरिरहेका कृषकहरू हिमपात र वर्षापछि खुसी भएका हुन् ।

ताजाँकोट गाउँपालिका–३ मासपुरका स्थानीय केश बहादुर रोकायाले वर्षापछि कोदो छर्न सुरू हुन थालेको जानकारी गराए ।

दक्षिण ताजाँकोट, सर्केगाड, चंखेली,अदानचुलीमा पनि वर्षा भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको