महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, वैशाख १ गते ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ । सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको