काठमाडौँ, वैशाख ४ गते ।
सुनचाँदी पसलका मालिकलाई अलमलमा पार्ने, झुक्याएर ठगी गर्ने दुई जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक रिपेन्द्र कुमार सिंहकाअनुसार चैत ३० गते उनीहरुलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजारबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक बीबी कल्सुम र सहबना रहेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको सिंहले जानकारी दिए।
शिवमन्दिर टोलस्थित बागेश्वरी ज्वेलर्स, सचिदानन्द ज्वलेर्सबाट उनीहरुले सुनका गहना लिएर फरार भएका थिए। सुरेन्द्र सुनचाँदी पसलबाट पक्राउ परेका हुन्।








