डोल्पा, जेठ ५ गते ।
नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाका फरार उपसभापति शाही मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।
फैसलापश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० त्रिपुराकोटबाट पक्राउ गरिएको हो ।
डोल्पा जगदुल्ला गाउँपालिका(२ निवासी कांग्रेस जिल्ला उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।जिल्ला अदालत डोल्पामा पनि शाही विरुद्ध दस लाखको बैकिङ कसुर मुद्दा छ ।
उनी विरुद्ध मुड्केचुला गाउँपालिका(१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी टोपेन्द्र बुढामगरले मुद्दा अदालतमै विचाराधीन भएकाले अदालतमै बुझाइएको जानकारी दिए ।








