प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै

काठमाडौँ, जेठ ६ गते ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको