बेलायती मन्त्री मल्होत्रा नेपालमा

काठमाडौँ, जेठ ८ गते ।

संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएको छ ।

उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।

उनले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गरिएको दूतावासले जनाएको छ । बिबिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको