पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक मजदुर घाइते

संखुवासभा, असार ३ गते ।

संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् ।

घाइते हुनेमा खाँदबारी नगरपालिका—८ का २५ वर्षीय विज्ञान विश्वकर्मा रहेका छन् ।

खाँदबारी नगरपालिका—१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा कम्पाउन्ड वाल निर्माणका क्रममा उनीमाथि अचानक माटोको ढिस्को खसेको थियो ।

माथिबाट खसेको माटोको ढिस्कोले विश्वकर्माको टाउको भन्दामुनिको सबै भाग पुरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनलाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको