एमालेका पूर्वसांसद महतोलाई पाँच वर्ष कैद

जनकपुरधाम, असार १७ गते ।

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ ।

उनलाई उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै आदेश सुनाएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको